National Election

बारा-२ बाट उपेन्द्रको इन्ट्री, ५ हजार मतान्तरले विजयी

बिज्ञापन

काठमाडौं । गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा-२ बाट प्रतिनिधिसभामा इन्ट्री मारेका छन् । केही बेरअघि सम्पन्न मतगणनाको नतिजाअनुसार २८ हजार ४१५ भोट ल्याएर उनी विजयी भएका हुन् । उनका प्रमुख प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा २३ हजार ३३४ मतमा रोकिए । यादव र कुशवाहाबीचको मतान्तर ५०८१ रहेको छ ।

बिज्ञापन

यहाँ एमालेका पुरुषोत्तम पौडेलले १०२१६ मत प्राप्त गरे । रास्वपाबाट उठेका रमेशप्रसाद खरेलले ५ हजार पनि मत प्राप्त गरेनन् । उनी २८२९ मतमा रोकिए ।

मंसिर ४ को चुनावमा सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउतसँग १८ हजारभन्दा बढी अन्तरले चुनाव हारेका उपेन्द्र आफ्ना पार्टीका रामशहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपचुनावमार्फत संसदमा आएका हुन् ।

बारामा उपेन्द्रलाई हराउन सीकेले पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता कुशवाहालाई पार्टीमा भित्र्याएर चुनाव लडाएका थिए ।

बिज्ञापन