राजनीति

ओलीको नेतृत्वमा एमालेले गठबन्धनको घेराबन्दी तोड्छ : सुवास नेम्वाङ

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमालेको अगाडि ठूलो चुनौती देखा परेपनि त्यसलाई अवसरमा बदलेर अगाडि बढ्ने बताएका छन् ।

बिज्ञापन

इलाम जिल्ला प्रतिनिधि परिषद् प्रथम बैठक उद्घाटन सत्रलाई सम्बोधन गर्दै संसदीय मान्यता, संविधानविपरीत एमालेविरुद्ध प्रहार भइरहेको बताए ।

उनले भने, ‘हामीमाथिको घेराबन्दी आक्रमणलाई पराजित गर्दै उठ्नुपर्छ । हामीविरुद्धको घेराबन्दी निरन्तर जारी छ । हामी त्यो घेराबन्दीविरुद्ध निरन्तर डटेर केपी ओलीको नेतृत्वमा यहाँसम्म आइपुगेका छौं । हामी प्रष्ट छौं यो घेराबन्दीलाई तोड्नेछौं ।’

घेराबन्दीको बीचमा स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले ठूलो उपलब्धि प्राप्त गरेको बताए । लोकप्रिय मतको आधारमा सबैभन्दा ठूलो पार्टी बनेको बताए ।

उनले भने, ‘अहिले गठबन्धनको सरकार छ । तर, त्यो कसरी चलिरहेको छ यहाँहरूले देखिराख्नुभएको छ । अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएका छैन । यो सरकार संसद्लाई विजनेश दिन सक्दैन ।’

बिज्ञापन