स्वास्थ तथा सरसफाइ

थप १०३ जनामा कोरोना संक्रमण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९२५ जनाको नमुनामध्‍ये ६२७ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २९८ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २६ जना, आईसीयूमा ८ जना र १ जना भेन्टिलेटरमा उपरचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५३ जना निको भएर घर फर्किइसकेका छन् । संक्रमण बढेसँगै कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।