घटना समाचार

इन्टरपेक्टरद्वारा हवल्दारमाथि कुटपिट, आँखामा गम्भीर चोट

बिज्ञापन

डोल्पा । नेपाल प्रहरीका इन्सपेक्टरको कुटाईबाट हवल्दार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत इन्सपेक्टर नवीन चापागाईले शनिबार हवल्दार हरि आरसीमाथि कुटपिट गरेका हुन् ।

बिज्ञापन

इन्सपेक्टरको कुटाईबाट हवल्दारको आँखामा गम्भीर चोट लागेको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मदिरा सेवन गरेको आरोपमा इन्सपेक्टरले कुटपिट गरेका हुन् । बिदाको दिन भएकाले आफुले मदिरा सेवन गरेको हवल्दारको भनाई छ ।


प्रहरी नियमविपरीत गतिविधि गरेपनि विभागीय कारबाही गर्नुपर्नेमा इन्सपेक्टरले कुटपिट गरेकाले उनको गल्ती देखिएको छ । इन्सपेक्टरमाथि पनि सो घटनामा कारबाही गर्न लागिएको छ ।

बिज्ञापन