राष्ट्रिय समाचार

महावीर पुन सल्लाह गरेरै धर्नामा बस्नुभएको हो : प्रधानमन्त्री

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचचण्डले महावीर पुन आफूसँग सल्लाह गरेरै माइतीघरमा धर्नामा बसेको बताएका छन् ।

बिज्ञापन

सोमबार बिहान प्रेस सेन्टर चितवनले आयोजना गरेको ‘पत्रकारसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै उनले माइतीरमा धर्ना बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको भन्दै उनले महावीरले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताएका हुन् ।

‘भेटमा मैले बजेटमा तपाईंको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भनेँ । हिँड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो, हाँसीहाँसी,’ उनले भने ।

‘बस्नोस् त भन्न मिल्दैन, बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ’ भनेर आफूले भनेको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले अगाडि थपे, ‘यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु ।’

पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्ट्याउन अनुरोध गरेको पनि उनले बताए ।

बिज्ञापन