स्वास्थ तथा सरसफाइ

रक्सी छुटाउन चिपको प्रयोग गर्दै चीन

बिज्ञापन

काठमाडौं । रक्सीको लतबाट कसरी मुक्त हुने यो प्रश्नको गतिलो जवाफ दिनेगरी चीनमा एउटा नयाँ प्रयोग गरिएको छ । रक्सीको लतबाट पीडित एक व्यक्तिको शरीरमा चिप प्रत्यारोपण गरिएको हो ।

बिज्ञापन

चाइना साउथ मर्निङ पोस्टमा प्रकाशित एक रिपोर्टका अनुसार ३६ वर्षीय पुरुष लिउको शरीरमा उक्त चिप प्रत्यारोपण गर्न केवल पाँच मिनेटको शल्यक्रिया गर्नुपरेको थियो । चिप प्रत्यारोपणसँगै लिउलाई रक्सी पिउन तलतल लाग्नेछैन ।

१२ अप्रिलमा गरिएको उक्त शल्यक्रियाबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । यद्यपि यो हुनान राज्यको हाई-टेक ब्रेन अस्पतालमा गरिएको थियो ।

यसलाई एक क्लिनिकल ट्रायलको रूपमा हेरिएको छ । संयुक्त राष्ट्रको अन्तर्राष्ट्रिय नार्कोटिक्स कन्ट्रोल ब्यूरोका उपाध्यक्ष रहेका हाओ वेई नामका चिकित्सकको नेतृत्वमा उक्त शल्यक्रिया गरिएको हो । उनले आफ्नो टोलीसँग मिलेर अल्कोहल क्रेभिङ चिप बनाएका हुन् ।

चिपले कसरी काम गर्छ ?

यो चिपलाई सानो शल्यक्रिया गरेर मस्तिष्कमा प्रत्यारोपण गरिन्छ । प्रत्यारोपणसँगै यसले नाल्ट्रेक्सोन नामक रसायन निकाल्छ जसलाई शरीरले अवशोषित गरेपछि रिसेप्टरहरूले यसलाई मस्तिष्कको कार्यमा पठाउनेछन् ।

नाल्ट्रेक्सो रसायन एउटा यस्तो पदार्थ हो जसलाई विभिन्न प्रकारको लागु पदार्थको दुर्व्यसनबाट पीडित र सबै प्रयासको बाबजुद पनि यसलाई छोड्न असमर्थ व्यक्तिहरूको उपचारमा प्रयोग गरिन्छ।

एससीएमपीका अनुसार लिउले १५ वर्षदेखि मदिरा सेवन गर्दै आएका थिए । एकपटकमा एक लिटरभन्दा बढी रक्सी पिएपछि हिंसात्मक व्यवहार देखाउने उनको बानीले सबै आजित थिए । बिहानको खाजाअघि नै एक लिटर रक्सी पिउनुपर्ने उनी ड्युटीको समयमा रक्सी पिउँदा जागिरबाटै निकालिनु परेको थियो ।

बिज्ञापन