घटना समाचार

सशस्त्र प्रहरीका हवल्दार नै करणीका लागि बालिकाको घरभित्र छिरेपछि…

बिज्ञापन

धनगढीः सशस्त्र प्रहरीका हवल्दार नै जबरजस्ती करणीका लागि नाबालिकाको घरभित्र छिरेपछि यतिबेला चारैतिर हंगामा मच्चिएको छ। घटना कञ्चनपुरको हो।

बिज्ञापन

१५ दिनको घर विदामा आएका ती हवल्दार मदिरा सेवन गरेर नाबालिकाको घरभित्र जबरजस्ती करणीका लागि प्रवेश गरेको खुलेको छ। नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा उनी अहिले पक्राउ परिसकेका छन्। भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका सशस्त्र प्रहरी हवल्दार अमरसिंह बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका हुन्।

उनीविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सशस्त्र प्रहरीको ३५ नम्बर गण झलारीमा कार्यरत बुढालाई पक्राउ गरिएको प्रवक्ता एवं डिएसपी प्रकाश डाँगीले बताए।  आइतबार मध्यरातमा मदिरा सेवन गरी बुढा १५ वर्षीया नाबालिक सुतेको घरमा जबरजस्ती प्रवेश गरेका थिए।

नाबालिकका चिच्याएपछि घरका सदस्य र छिमेकीले थाहा पाएको प्रहरीले बताएको छ। बुढा मोबाइल नै छोडेर भागेका थिए। पीडित नाबालिकका आफन्तले सोमबार प्रहरी कार्यालयमा उजुरी दिएपछि बुढा पक्राउ परेका हुन्।

बिज्ञापन