घटना समाचार

चितवनका शंकर कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा एकजना पक्राउ

बिज्ञापन

काठमाडौं । चितवनका व्यवसायी एवं नेपाली कांग्रेसका नेता शंकर कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । कँडेलको परिवारले सुसाइड नोटको आधारमा दुईजनाविरुद्ध उजुरी दिएका थिए ।

बिज्ञापन

चितवन प्रहरीका अनुसार बझाङ छबिसपाथिभेरा- १ घर भई हाल चितवन भरतपुर महानगरपालिका- ८ बस्ने ३६ वर्षीय जीवनबहादुर रावललाई पक्राउ गरिएको हो । उनलाई बिहीबार बारा जितपुर सिमराबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।

कँडेल नेतृत्वमा केही अघिसम्म रहेको अनमोल फिड्स प्रालिको सेयर बिक्रीपछि देखिएको आन्तरिक समस्याको कारण कँडेललाई कम्पनीका ८५ प्रतिशत सेयर खरिदकर्ता प्रदीप रुङ्गटा र कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावल र एकजना चार्टर एकाउन्टेले नियमित मानसिक तनाव दिएपछि आत्महत्याको लागि कँडेल विवश बनेको सुसाईड नोटमा उल्लेख भएको पाइएपछि उनको परिवारले उजुरी दिएको थियो ।

कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष समेत रहेका कँडेल यही वैशाख १९ गते झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । नेपाली कांग्रेसले घटनाको छानबिनसँगै दोषीलाई कारबाही गर्न माग गरेको थियो ।

बिज्ञापन