टीकापुर

खक्रौला नाकाबाट मलद्वारमा लुकाएर ल्याउँदै गरेको खैरो हिरोइन सहित दुईजना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

खक्रौला । खक्रौला नाकाबाट मलद्वारमा लुकाएर ल्याउँदै गरेको खैरो हिरोइन सहित दुईजना पक्राउ परेका छन् ।

शनिवार जिल्लाको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागु औषधको ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार प्रेमसिंह सुनार समातिएका हुन्।

बिज्ञापन

इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तीकुनियाँबाट टीकापुर आउँदै गरेका सुनारसहित दुई जनालाई पक्राउ गरेको हो ।

सुनारसँगै पक्राउ पर्नेमा लम्कीका २६ वर्षीय सागर घिमिरे पनि रहेका छन्। उनी खक्रौला नाकाबाट दिउँसो पक्राउ परेका थिए।

सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडामा कार्यरत थिए।

सुनार वैशाख १४ गतेदेखि लागू हुने गरी १५ दिनको बिदामा घर आएका वेला लागु औषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले बताए।

उनका अनुसार सुनारले ९१० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्वारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन्।

अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको डिएसपी भाटले बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।