सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) पहेँलो धातु सुनको भाउ ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी नअुसार आज सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाले ओरालोे लागेको हो । आइतबार छापावाल सुन प्रतितोलामा १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ कायम गरिएको छ ।

गत बिहीबार हालसम्मकै उच्च १ लाख ११ हजार आठ रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि पनि चाँदीको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
