राष्ट्रिय समाचार

सन्दीपको मुद्दाको सुनवाइ स्थगित, अन्तरिम क्षतिपूर्तिका लागि गौशाला २६ को अर्को निवेदन

बिज्ञापन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंमा आज तोकिएको पेसी स्थगित भएको छ । जाहेरीकर्ताको तर्फबाट अन्तरिम क्षतिपूर्तिका लागि अर्को निवेदन आएपछि मुद्दाको पेशी स्थगित गरिएको हो ।

बिज्ञापन

सर्वोच्चको दैनिक कार्यसूची अनुसार सन्दीपको मुद्दा आज न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो । तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ । यसप्रति सन्दीपका वकिलले असन्तुष्टि जनाएका छन् ।

सन्दीपको तर्फबाट बहस गरिरहेका अधिवक्ता सरोज घिमिरेले ‘न्यायिक प्रक्रियालाई प्रभावित तुल्याउने प्रयास भएको’ बताए ।

उनले भने, ‘यसअघि नै अदालतले क्षतिपूर्तिको मागलाई अस्वीकार गरिसकेको छ । त्यसका बाबजुद फेरि निवेदन दिइनु र मुद्दाको सुनवाइ रोकेर निवेदनलाई प्राथमिकतामा राखिनुले आशंका उब्जिएको छ ।’

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा फैसला हुने चरणमा रहेको भन्दै अन्तरिम भरण पोषणको माग अस्वीकार गरेको थियो ।

बिज्ञापन