सुदूरपश्चिम प्रदेश

नागरिक उन्मुक्तिले सुदूरमा रामेश्वर र लक्ष्मण किशोरलाई मन्त्री बनाउने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ ।

दुई मन्त्रालयको दाबी गर्दै आएको नागरिक उन्मुक्तिले संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

बिज्ञापन

नागरिक उन्मुक्तिले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दाबी गरेको छ । तर, आफूहरूले दाबी गरेका २ मन्त्रालय नपाए सरकारमा नजाने समेत दलका नेता चौधरीले बताए ।

३ सदस्य रहेको मन्त्रिपरिषद् हालसम्म विस्तार हुनसकेको छैन । सरकारको नेतृत्वदेखि मन्त्रालय भागबन्डामा सत्तारुढ दलमा सकस देखिएपछि त्यहाँ मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।

यस प्रदेशमा ७ मन्त्री, ४ राज्यमन्त्रीसहित ११ सदस्य मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।