केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । भारतको केरलामा पर्यटक सवार डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।
आइतबार साँझ मलप्पुरम जिल्लाको तनूर नजिक उक्त डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुने अधिकांश बालबालिका तथा महिला रहेका छन् ।
बिज्ञापन

२५ जनाको क्षमता भएको डुंगामा ५० बढी हाराहारीमा पर्यटक सवार रहेको बताइएको छ । दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । डुंगामा क्षमताभन्दा बढी यात्रु सवार रहेकाले डुबेको अनुमान रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
