घटना समाचार

केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु

बिज्ञापन

काठमाडौं । भारतको केरलामा पर्यटक सवार डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

बिज्ञापन

आइतबार साँझ मलप्पुरम जिल्लाको तनूर नजिक उक्त डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुने अधिकांश बालबालिका तथा महिला रहेका छन् ।

२५ जनाको क्षमता भएको डुंगामा ५० बढी हाराहारीमा पर्यटक सवार रहेको बताइएको छ । दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । डुंगामा क्षमताभन्दा बढी यात्रु सवार रहेकाले डुबेको अनुमान रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

बिज्ञापन