टोपबहादुरलाई निलम्बन गर्न एमालेमा दबाब

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गर्न पार्टीमा दबाब परेको छ ।
एक पदाधिकारीका अनुसार पक्राउ पूर्जी जारी भएपछि फरार रहेका सांसद रायमाझीलाई निलम्बन गर्ने पार्टीभित्रबाटै दबाब आइरहेको छ ।

अहिले एमालेको सचिवालय बैठक बसिरहेको छ । एमालेले नै रायमाझीलाई लुकाएको आरोप चिर्न पनि पार्टीलाई निलम्बनको निर्णय लिनको लागि नेताहरूले दबाब दिएको ती पदाधिकारीको भनाई छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि रायमाझीबारे पार्टीमा छलफल भइरहेको बताए । उनले छलफलल गरिरहेको तर, निलम्बन गर्ने तयारी नभएको बताएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
