सलमान खानलाई फेरी आयो ज्यान मार्ने धम्की

काठमाडौँ – बेलायतमा अध्ययनरत एक भारतीय विद्यार्थीले बलिउड स्टार सलमान खानलाई हत्याको धम्की दिएका छन्। इमेलबाट सलमानको ज्यान लिने धम्की दिएका विद्यार्थीविरुद्ध भारतीय प्रहरीले ‘लुकआउट सर्कुलर’ जारी गरेको छ।
गत मार्चमा खानले ग्याङस्टार गोल्डी ब्रारको नाममा इमेल आएको थियो। गोल्डी पन्जाबी गायक सिन्धु मोसवालाको हत्यामा संलग्न भएको व्यक्ति भएको आरोप लगाइएको छ।

सलमानलाई ज्यान लिने धम्की दिने विद्यार्थी भने चिकित्साशास्त्रमा तेस्रो वर्षमा अध्ययनरत छात्र भएको बताइएको छ। हरयानाका उनी कुन तहमा पढ्दैछन् भन्नेबारे बान्द्र प्रहरीले खुलाएको छैन। बेलायतको प्रशासनसँग भारतीय प्रहरीले अहिले ती विद्यार्थीको सुपर्दगीका लागि प्रयास जारी राखेको टाइम्स अफ इन्डियाले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
