राजनीति

अर्थतन्त्र ठिक ठाउँमा ल्याउन प्रदेश खारेज गरौँ : राजेन्द्र लिङ्देन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठिक ठाउँमा नआउने बताएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मङ्गलवार प्रतिनिधि सभामा यस्तो धारणा राखेका हुन् । लिङ्देनले सबैभन्दा अनुत्पादक क्षेत्र सङ्घीयता भएकोसमेत जिकिर गरे ।

बिज्ञापन

‘इमान्दारितापूर्वक भन्ने हो भने हाम्रो अनुत्पादक क्षेत्र भनेको हिजो आन्दोलनको रापतापमा ल्याएको प्रणाली हो । अहिलेको प्रणालीमा हामीले संशोधन नगरेसम्म यति ठूलो सङ्ख्याको जनप्रतिनिधिको संख्या कटौती नगरेसम्म, यो प्रदेश भन्ने खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठिक ठाउँमा आउँदैन, अनुत्पादक क्षेत्र सबैभन्दा ठूलो यो क्षेत्र हो’ उनले भने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।