राष्ट्रिय समाचार

टोपबहादुरको घरमा प्रहरीको छापा

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

बिज्ञापन

रायमाझीको सातदाेबाटाेस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो ।

नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएका छन् । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । हाल उनी सम्पर्कविहीन छन् ।

प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेको थियो ।

रायमाझीको घरमा उनको सवारीसाधन भेटिएको प्रहरीको भनाई छ ।

बिज्ञापन