राष्ट्रिय समाचार

बालकृष्ण खाणलाई टेकु पुर्‍याइयो, प्रहरी कार्यालयमा उच्च सुरक्षा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई जिल्ला प्रहरी परिसर टेकु पुर्‍याइएको छ । चावहिलस्थित मैजुबहालबाट खाणलाई बुधबार बिहान प्रहरीले समातेको थियो ।

पक्राउ पुर्जी जारी नभएको हुँदा खाणलाई ‘जरुरी पक्राउ पुर्जी’ थमाएर पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

बिज्ञापन

उनलाई प्रहरीको उच्च सुरक्षा निगरानीमा टेकु ल्याइएको छ । म्याद थपका लागि केहीबेरमा अदालत लैजाने तयारी छ ।

टेकु परिसरमा अहिले पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । प्रहरीले मेन गेट बन्द गरेको छ ।

खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।