राष्ट्रिय समाचार

भुटानी शरणार्थी प्रकरण : ‘हाई प्रोफाइल’सहित १२ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै गठी गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनका स्वकिय सचिव नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको हो ।

बिज्ञापन

यसअघि राजनीतिक तथा उच्च पदस्थ अधिकारीहरु सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, रामशरण केसी, गोविन्द चौधरी, केशव दुलाल‚ सानु भण्डारी‚ सन्देश शर्मा‚ सागर थुलुङ राई‚ सन्दीप रायमाझी‚ टंक गुरुङ पक्राउ परिसकेका छन् ।

यसै प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज भने अहिलेसम्म फरार छन् ।

२० बैशाखदेखि फरार रहेका रायमाझीको सातदोबाटोस्थित घरमा मंगलबार मात्रै प्रहरीले छापा मारेको थियो । हालसम्म एक सय ६ जनाले जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।