घटना

दैलेखको सामुदायिक वनमा आगलागी हुदा स्थानीय घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दैलेख जिल्लाको आठबिस नगरपालिका-६ को माल्या सामुदायिक वनमा आगलागी हुदा आगलागीमा परेर वनमा कामगरिरहेका स्थानीय गम्भीर घाइते भएकाछ्न।

लोक कल्याणकारी विज्ञापन

घाइते हुने हरुमा भैरव बिक, बसुन्धरा बिक, प्रकाश बिक र नवीनको अवस्था गम्भीर देखिए पछि जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यलय तथा आठबिस नगरपालिका दैलेख को पहलमा हेलिकप्टर मार्फत उद्वार गरि उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको स्थानीय बलबहादुर थापाले जानकारी दिएका छ्न। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रहेको निर्माण कार्यमा काम गरिरहेको अवस्थामा अचानक जंगलमा आगलागी हुदा उक्त घटना घटेको स्रोतले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

सो घटनामा सामान्य घाइते रहेका अन्य ८ जना उपचार पछी एम्बुलेन्स मार्फत सुर्खेत ल्याउने तयारी भैरहेको बताइएको छ ।

बिज्ञापन

मालिका समाचारको तर्फबाट घाइतेहरु सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन