राष्ट्रिय समाचार

वायुसेवा निगमनले २ वटा जहाज किन्ने, आन्तरिक उडानमा प्रयोग गर्ने

बिज्ञापन

काठमाडौँ– नेपाल वायुसेवा निगमले थप २ वटा जहाज खरिदको प्रक्रिया अघि बढाएको छ । आन्तरिक उडानको लागि जहाज नभएको भन्दै खरिद गर्न लागिएको हो ।

बिज्ञापन

नयाँ जहाज खरिदको लागि निगम व्यवस्थापन समितिले गठन गरेको उपसमितिले प्रतिवेदन पेश गरिसकेको छ । शहरी क्षेत्रका एयरपोर्टमा उडान भर्नको लागि थप जहाज खरिद गर्न लागिएको हो । जहाज खरिदको लागि छिटो प्रक्रिय अघि बढाउन निगमका वरिष्ठ क्याप्टेन सुधिर शमशेर साईको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको निगमले जानकारी दिएको छ ।

जहाज खरिद भएपछि काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायतका शहरी क्षेत्रबाट प्रादेशिक उडान गरिने निगमको भनाइ छ । 

निगमले यसअघि खरिद गरेको चिनियाँ जहाज प्रकरणमा विभिन्न प्रश्न उठेका छन् । यस्तै, वाइडबढी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नै दायर गरेको थियो । अहिले निगमले फेरि जहाज खरिद गर्न लागेको छ । थप खरिद गर्न लागिएको जहाज खरिद प्रक्रिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियम अनुसार पारदर्शी रुपमा खरिद गरिने निगमको दाबी छ ।

बिज्ञापन