राष्ट्रिय समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई आज अदालतमा पेस गरिँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ ।

उनलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौँजिल्ला अदालतमा पेस गर्ने काठमाडौँ प्रहरी परिसर स्रोतले जनाएको छ ।

बिज्ञापन

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री रायमाझी आइतबार राति काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।

गत २० वैशाखमा अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका थिए । सोही साँझ उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । 

हालसम्म  शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् । जसमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत पक्राउ परिसकेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।