राजनीति

खाँणबारे कांग्रेसले भन्यो– आरोपै नलागेको मान्छेलाई दोषीजस्तै प्रस्तुत गरियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आफ्ना नेता बालकृष्ण खाँणको नेपाली कांग्रेसले बचाउ गरेको छ । आरोपै नलागेका मान्छेलाई पनि दोषीजस्तै प्रस्तुत गरिएको भन्दै कांग्रेसले बचाउ गरेको हो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आज पत्रकार सम्मेलन गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा धारणा सार्वजनिक गरेका हुन् । कानुनी प्रक्रियाअनुसार यो प्रकरणलाई अगाडि लग्नुपर्नेमा कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

बिज्ञापन

यो प्रकरणमा अनुसन्धान गर्न र कानुनी प्रक्रियाअनुसार अघि बढ्न कांग्रेसले सघाइरहेको उनले दाबी थियो । 

‘जो कोहीलाई पनि अनुसन्धान गर्ने एउटा नम्स छ । त्यो नम्समा रहेर अनुसन्धान गर्ने र अनुसन्धानले जे कुरा प्रमाणित गर्छ, त्यसका आधारमा जानुपर्छ,’ उनले भने । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।