राजनीति

नाउपाका उपाध्यक्ष भन्छन्- रेशम चौधरीबारे सरकार गम्भीर देखिएन, हामी सोच्न बाध्य छौं 

बिज्ञापन

कैलाली । नागरिक उन्मुक्तिका केन्द्रीय उपाध्यक्ष लक्ष्मणकिशोर चौधरीले रेशम चौधरीबारे सरकार गम्भीर नभएको बताएका छन् ।

बिज्ञापन

पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको उच्चस्तरीय आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकारले आफूहरूलाई ढाँटिरहेको उनको आरोप छ । चौधरीले सर्वोच्च अदालतले पनि टीकापुरसहित मधेश आन्दोलनका क्रममा भएका ज्यादती र त्यसको सत्यतथ्य पत्ता लगाउन गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिँदासम्म पनि सरकारले उक्त निर्देशन कार्यान्वयन नगरेको बताए ।

‘सर्वोच्चले निर्देशन दिँदा पनि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन ’, उनले भने, ‘सरकार हाम्रो मुद्धामा गम्भीर नभएको हामीलाई लागिरहेको छ ।’

उनले टीकापुर घटनाका विषयमा सर्वोच्चले गरेको फैसलाबारे पार्टीभित्र छलफल भइरहेको उनले जानकारी दिए । चौधरीलगायतका टीकापुर घटनामा जोडिएका व्यक्तिहरूको विषयमा गम्भीर नभएको हुँदा सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता हुने विषयमा छलफल चलिरहेको तर निष्कर्ष ननिस्किसकेको उनले बताए ।

बिज्ञापन