राष्ट्रिय समाचार

दुर्घटना रोक्न सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

झापा । सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोमिख बढेकाले झापा गाउँपालिकाले प्रतिबन्ध लगाएको छ ।

कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका मकै, धान, गहुँ लगायतका सामग्री सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले सूचना नै जारी गरेर प्रतिबन्ध लगाएको हो ।

बिज्ञापन

पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शुक्रबार सूचना नै जारी गरेर मुख्य तथा भित्री सडकमा जथाभावी बिस्कुन नसुकाउन आग्रह गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘कृषिजन्य उपजका बिस्कुन सुकाइएका कारण सार्वजनिक यातायात सञ्चालनमा अवरोध सिर्जना भएको, आवतजावतमा कठिनाइ भएको तथा दुर्घटनाको जोखिम बढेकाले सो कार्य नगर्न र नगराउन सूचित गरिन्छ ।’

उनले सूचनाको अवज्ञा गरी बिस्कुन सुकाएमा सडकमा हुने दुर्घटनाजन्य घटनाको जिम्मेवार स्वयम् सुकाउने व्यक्ति नै हुनुपर्ने बताए । विशेषगरी पूर्वपश्चिम राजमार्गको दक्षिण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका सामग्री विगत लामो समयदेखि सडकमा सुकाउने गरेको पाइन्छ । कचनकवल, हल्दिबारी, गौरीगञ्ज, कमल गाउँपालिका लगायतका भित्री सडकमा बिस्कुन सुकाइन्छ

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।