राजनीति

धर्मका नाममा भारतबाट पैसा खाएको प्रतिवेदनप्रति राप्रपाको आपत्ति, अमेरिकालाई पठायो पत्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धर्मका नाममा भारतबाट पैसा खाएको अमेरिकी प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासलाई पत्र पठाउँदै राप्रपाले आज आपत्ति जनाएको हो । 

बिज्ञापन

अमेरिकाले हालै एक प्रतिवेदन सार्वजनिक गर्दै हिन्दूराष्ट्रकोृ मुद्दा उठाउन सत्तारुढ भारतीय जनता पार्टी (भारपा) र अन्य धार्मिक संस्थाले नेपालका नेताहरूलाई पैसा दिने गरेको दाबी गरेको थियो । अमेरिकाको उक्त ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’प्रति राप्रपाले असहमति जनाएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकाले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमाथि असहमति जनाउँदै अमेरिकी राजदूत डिन आर थम्प्सनलाई आज पत्र लेखेका हुन् ।

अमेरिकी विदेश मन्त्रालयको सो प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही भएको पनि अध्यक्ष लिङदेनले जनाएका छन् । 

आफ्नै स्वदेशी बलमा आफूहरूले हिन्दूराष्ट्रको मुद्दा उठाइरहेको स्पष्ट पारेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।