नीति तथा कार्यक्रम पास गर्न हुँदैन, विरोध गर्नु पर्छ : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले आज एमालेका सांसदहरूलाई नीति तथा कार्यक्रमको चर्को विरोध गर्न निर्देशन दिएका हुन् ।

सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै गन्तव्यहीन भएकाले समर्थनभन्दा विरोध गर्नु पर्ने ओलीको भनाइ थियो ।
‘यो समर्थन योग्य छैन, विरोध योग्य छ, यस्तो फाल्तु कुरा नीति तथा कार्यक्रमको रूपमा प्रस्तुत हुन दुःखको कुरा हो,’ उनले भने, ‘त्यसैले यसलाई पास गर्न हुँदैन, विरोध गर्नु पर्छ, हाम्रो मुख्य पोजिसन त्यही हो ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
