राजनीति

माओवादीले आज पत्रकार सम्मेलन गर्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा पत्रकार सम्मेलन गर्न लागेको हो ।

समसामयिक राजनीति परिस्थितिको बारेमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

बिज्ञापन

सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/८१ का लागी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आजदेखि संसदमा उक्त नीति तथा कार्यक्रममाथी छलफल हुनेछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रम चित्त बुझ्दो नभएको भन्दै आजको संसदमा विरोध गर्ने तयारी गरेको छ । उसले सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्न नदिने रणनीति अपनाएको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीले निती तथा कार्यक्रममाथी आफ्नो धारणा प्रस्तुत गर्दै छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।