प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो ।

यो सँगै सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबा भाउ स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
