अर्थ

प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको भाउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।

लोक कल्याणकारी विज्ञापन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो ।

लोक कल्याणकारी विज्ञापन

यो सँगै सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

बिज्ञापन

गत शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबा भाउ स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन