राजनीति

सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न जनमतले बोलायो केन्द्रीय समिति बैठक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । यही जेठ १२ गते शुक्रबार कोटेश्वरको होटल तपोवनमा बैठक बोलाएको हो ।

जनमत पार्टीका नेता बीपी साहका अनुसार बैठकले केन्द्र सरकार र मधेश प्रदेश सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने बताए । केन्द्र सरकारबाट बाहिरिए पनि जनमतले समर्थन भने फिर्ता लिएको छैन ।

बिज्ञापन

मधेश सरकारमा भने ऊ आफू पनि सहभागी छ । त्यस्तै बैठकमा चुनावी समीक्षा, पार्टी संगठनसम्बन्धी एजेन्डा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।