बिश्व

पहिलो पटक अन्तरीक्षमा पुगिन् अरबी महिला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पहिलो पटक एक अरबी महिला अन्तरीक्षमा पुगेकी छन्। साउदी अरबकी रेयाना बर्नावी अमेरिकाबाट आइतबार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन- ९ रकेट मार्फत पठाइएको एक्सिओम स्पेसबाट उनी अन्तरीक्षमा पुगेकी हुन् ।

एक्सिओम स्पेसको यो दोस्रो निजी मिसनमा साउदीका अर्का एक पुरुष पनि सहभागी छन्। बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने छन् ।

बिज्ञापन

बायोमेडिकल वैज्ञानिक रहेकी बर्नावीले अन्तरिक्षमा रहने अवधिमा स्टेम सेल र स्तन क्यान्सरबारे अनुसन्धान गर्ने बीबीसीले जनाएको छ। बर्नावीले रियाद स्थित किङ फैसल स्पेसियालिस्ट हस्पिटल एन्ड रिसर्च सेन्टरमा स्टेम सेल र तन्तुको पुनः बनावटबारे परियोजनामा अनुसन्धान प्रयोगशाला प्राविधिककी रुपमा गरेका कामको अनुभवका आधारमा आफ्ना केही प्रयोगहरु गर्ने भएकी छन्।

उनले आफ्नो अन्तरिक्ष यात्राले मध्यपूर्वी एसियाली देशका महिलाहरुलाई जागरुक बनाउने विश्वास लिएकी छन्। उनीसँग अन्तरिक्षमा गएका अरबी पुरुष अली अलकर्नी अन्तरिक्ष पुग्ने दोस्रो अरबी पुरुष हुन्। उनी मिसन विशेषज्ञसमेत हुन्। उनीहरुसँग दुई अमेरिकी सहभागी छन्। उनीहरु स्पेस एक्सको ड्रागन अन्तरिक्षयानमार्फत् अन्तरिक्षमा पुगेका थिए ।

साउदी अरबमा महिलाहरुले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए । मानव अधिकारकर्मीहरुले पुरुष अभिभावकत्वको कानुनले यहाँ अझै पनि महिलाका अधिकारहरु सीमित गरेको आरोप लगाउने गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।