घटना

रुकुमपश्चिम जिप दुर्घटना अपडेट : ५ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटना भएको हो।

बिज्ञापन

दुर्घटनामा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षका देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ का २२ वर्षीय रेखा खनाल (केसी), उनका छोरा रोशन केसी र सोही ठाउँकी २३ वर्षीय सितला नाम गरेकी यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका ५ जनालाई उपचारका लागि सुर्खेतबाट हेलिकप्टर मगाइएको इलाका प्रहरी कार्यालय (बाँफिकोट, रुकुमपश्चिम) का वरिष्ठ प्रहरी हल्वदार रामकुमारी विष्टले जानकारी दिइन्।

अन्य पाँच जनालाई उपचारका लागि रुकुमपश्चिमको खंलगा लगिएको जनाइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।