घटना

रुकुमपश्चिम जिप दुर्घटना अपडेट : ५ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

लोक कल्याणकारी विज्ञापन

आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटना भएको हो।

लोक कल्याणकारी विज्ञापन

दुर्घटनामा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षका देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ का २२ वर्षीय रेखा खनाल (केसी), उनका छोरा रोशन केसी र सोही ठाउँकी २३ वर्षीय सितला नाम गरेकी यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन

दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका ५ जनालाई उपचारका लागि सुर्खेतबाट हेलिकप्टर मगाइएको इलाका प्रहरी कार्यालय (बाँफिकोट, रुकुमपश्चिम) का वरिष्ठ प्रहरी हल्वदार रामकुमारी विष्टले जानकारी दिइन्।

अन्य पाँच जनालाई उपचारका लागि रुकुमपश्चिमको खंलगा लगिएको जनाइएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन