राष्ट्रिय समाचार

अमेरिकी नागरिकता त्यागेको निस्सा प्रकरणमा रवि लामिछानेले दिए ४ बुँदे स्पष्टीकरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी नागरिकता त्यागेको निस्सा प्रकरणमा ४ बुँदे स्पष्टीकरण दिएका छन् ।

उनले अमेरिकी नागरिकता त्यागेको निस्साको विषयमा अदालतमा र संसदमा पनि उठेपछि उनले ४ बुँदे स्पष्टिकरण दिएका हुन् । उनले सामाजिक संजाल मार्फत यस्तो स्पष्टीकरण दिएका छन् ।

बिज्ञापन

उनले दिएको स्पष्टिकरणमा आफूले यसअघि नै निस्सा बुझाइसकेको भनिएको छ । र, उनले मुद्दा हाल्ने उद्योग चलाइएको भन्दै आफूलाई सिमा बाहिर गएर इरिटेट गरिएको पनि उल्लेख गरेका छन् ।

यस्तो छ रवि लामिछानेले लेखेको ४ बुँदै स्पष्टीकरण– 

मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ। 

१) सर्वोच्च अदालतको  मिती २०७९र१०र१३को फैसलाको प्रकरण नं। २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ।  

२) अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको छु ।

३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०र०२र ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५र०३र०६ मा अध्यागमनलाई सप्रमाण  बुझाइसकेको थिएँ । टेलिभिजनबाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएँ ।

४) घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।