राजनीति

रेशम चौधरीको आममाफीबारे रवि लामिछाने- गलत तरिकाले छाडियो, कैद मिनाहा भनेको निर्दोष होइन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले रेशम चौधरीलाई गलत प्रक्रियाबाट छाडेको बताएका छन्।

उनले भने, ‘हामीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भनेर संसदमा बोलिसकेका थियौँ। तर, तीनै तहको अदालतले फैसला सुनाएको विषय यसलाई राजनीतिक रूपमा हेर्न खोजियो। रेशम चौधरीमाथि पनि न्याय भयो र ? उहाँले दुई दिनअघि मात्रै मलाई निर्दोष छु भनिराख्नुभएको थियो। उहाँ निर्दोष हुनुहुन्छ भन्ने विश्वासमा हामी नै थियौँ। तर, अहिले उहाँ निर्दोष भएर छुट्नुभएन नि। जुन लडाइँ उहाँको थियो त्यो जित्नुभएन। उहाँ कैद मिनाहा भएर निस्कनुभयो। कैद मिनाहा भनेको निर्दोष होइन।’

बिज्ञापन

उनले चौधरी दोषी स्वीकार गरेर निस्किएको टिप्पणी गरे। थारुहरूले गरेको संघर्षले विजय प्राप्त नगरेको उल्लेख गर्दै थारुहरूको पक्षमा रहेको बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।