राजनीति

‘अखण्ड भारत’को नक्साबारे रास्वपाले भन्यो– प्रधानमन्त्रीले यो विषय उठाउनुपर्छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै जारी भएको ‘अखण्ड भारत’को नक्साको विषय उठाउनुपर्ने माग गरेको छ ।

पार्टीका प्रवक्ता डा मुकुल ढकालले आज एक विज्ञीपत जारी गर्दै विषय उठान गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।

बिज्ञापन

‘आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनतासमक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न हामी जोडदार माग गर्दछौँ,’ विज्ञीपतमा भनिएको छ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम रास्वपालाई स्वीकार्य नभएको ढकालको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।