विवाहको पहिलो रातमै दुलाहा दुलहीको हृदयघातबाट मृत्यु
लोक कल्याणकारी विज्ञापन

काठमाडौं : भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ।
लोक कल्याणकारी विज्ञापन

विवाहको पहिलो रात नै दुलहा र दुलहीलाई हृदयघात भएको थियो। दुबैको शव हनिमुनको ओछ्यानमा लडिरहेको अवस्थामा फेला परेको बहराइज प्रहरीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
लोक कल्याणकारी विज्ञापन

गत मे ३० मा २४ वर्षीय प्रताप यादवको २२ वर्षीया पुष्पा यादवसँग विवाह भएको थियो। मे ३१ गते बेलुका बेहुला लिएर घर फर्किए। विवाहपछिका सबै संस्कार पूरा गरी सोही रात दुवै कोठामा सुत्न गए। भोलिपल्ट बिहान दुवै हनिमुनको ओछ्यानमा मृत फेला परेका थिए।
बिज्ञापन

उनीहरुको मृत्युको कारण पत्ता लगाउन फरेन्सिक विशेषज्ञहरूको टोलीलाई कोठाको जाँच गर्न बोलाइएको थियो। कैसरगञ्ज प्रहरी स्टेशनका इन्स्पेक्टर राजनाथ सिंहले उनीहरुको हृदयघातबाट मृत्यु भएको जनाएका छन्।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

