सुदूरपश्चिम प्रदेश

खप्तड पुगेर प्रधानमन्त्रीले भने, ‘प्रतिष्ठान बनाएर विकासको पहल गर्छु’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिष्ठान बनाएर खप्तडको विकासका लागि पहल गर्ने बताएका छन्। खप्तड क्षेत्रलाई आर्थिक, पर्यटन तथा धार्मिक केन्द्रका रूपमा विकास गर्न छुट्टै कोष वा प्रतिष्ठान बनाएर सहयोग गर्ने बताएका हुन्। आज प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्न खप्तड पुगेका प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रलाई पर्यावरणमत्री बनाउँदै पर्यटन र आधात्मिक केन्द्रका रूपमा विकास गर्न पहल गर्ने बताए।

उनले प्रकृतिले दिएको स्वर्गको सही सदुपयोग गरी समृद्धि हासिल गर्ने परियोजना निर्माणका लागि समेत सबैसँग सहकार्य गर्ने बताए। सुदूरपश्चिमको विकास र समृद्धिका लागि गेटामा विश्वविद्यालय निर्माणदेखि भारत भ्रमणका क्रममा गरिएका समझदारीसम्ममा आफुले पहल गरेको र गर्दै जाने समेत बताए। उनले नयाँ संरचनासहित खप्तडको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।

बिज्ञापन

खप्तड धार्मिक र पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिमको केन्द्र हो। यसलाई आर्थिक केन्द्र बनाउन सकिने प्रधानमन्त्री दाहालले बताए। तीन दिनसम्म चल्ने सम्मेलनमा भाग लिन भारतका धार्मिक तथा योगगुरु रामदेव, आयुर्वेदविज्ञ आचार्य बालकृष्ण सहभागी थिए। योगगुरु रामदेव पश्चिमी नाका गड्डाचौकीबाट खप्तडका लागि नेपाल प्रवेश गरेका थिए। 

हाँ उनलाई ढाका टोली लगाइएको थियो। त्यसपछि धनगढीबाट हेलिकप्टरमा योग गुरु रामदेव खप्तड पुगेका थिए। सम्मेलनलाई सम्बोधन गर्दै योग गुरु रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवद्र्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छुक रहेको बताए। साथै प्रधानमन्त्री दाहालको निकै प्रशंशा गरेर रामदेवले दाहाललाई शान्ति र क्रान्तिका नायक भएको समेत बताए। उनले प्रधानमन्त्री दाहाललाई वास्तविक कम्युनिष्ट भएको समेत दाबी गरे। सम्मेलन तीन दिनसम्म चल्नेछ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।