जलवायु

यस वर्ष एक/दुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । यस वर्ष एक/दुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले बताएको छ। सामान्यतया जुन १३ मा नेपालमा मनसुन भित्रिने गर्छ तर जुन १३ (आज) सम्म मनसुन भित्रिएको छैन। 

अहिले मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू-भाग, बंगलादेश र भुटानसम्म आइपुगेको छ। यही साता मनसुन नेपालको पूर्वी भू-भागबाट भित्रिने अपेक्षा छ। नेपालमा जुन १३ देखि अक्टोबर २ सम्मको अवधिलाई मनसुन मानिन्छ।

बिज्ञापन

अहिले नेपालको मध्य तथा पश्चिमी क्षेत्रहरूमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। यस्तै, मध्य तथा पश्चिम तराईका भू-भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।