टीकापुर

टीकापुर क्षेत्रमा लागू औषध नियन्त्रण गर्नु मेरो पहिलो प्राथमिकता रहने छ– तुल्सीराम आर्याल (प्र.ना.उ.)

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३० जेठ । टीकापुर क्षेत्रमा लागू औषध नियन्त्रण गर्नु मेरो पहिलो प्राथमिकता रहने कुरा प्रहरी नायव उपरीक्षक तुल्सीराम आर्यालले बताएका छन् ।

आज ईलाका प्रहरी कार्यलय टीकापुरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक तुल्सीराम आर्यालले उक्त कुरा बताएका हुन ।

बिज्ञापन

‘म भर्खरै टीकापुरमा सरुवा भएर आएको छु, मेरो पहिलो कर्तव्य भनेको नै टीकापुर क्षेत्रमा लागू औषध ओसार–पसार तथा यस व्यसनमा लागेकाहरुलाई नियन्त्रणमा ल्याएर तिनीहरुलाई कानुनको कठघरामा उभ्याउने हुने छ’, उहाँले बताउनु भयो । डी.एस.पी. आर्यालले यस क्षेत्रको सबैभन्दा ठुलो जटिल समस्या र चुनौती भनेको लागू औषध भएकोले यसलाई जराबाट नै निर्मूल पार्नु पर्छ यसतिर सबैले प्रहरी प्रशासनलाई साथ दिन अपिल गरेका छन् । जनस्तरबाट कसैले पनि यस्ता कार्यमा संलग्न व्यक्तिहरुको सूचना दिएर सहकार्य गर्न चाहेमा उनीहरुको नाम गोप्य राखिने र तुरुन्त यस कार्यमा संगलग्न रहेका व्यक्तिहरुलाई कारवाही गरिने प्रतिबद्धता जाहेर गरेका छन् ।

पत्रकारहरुबाट राम्रो सुझाव–सल्लाह आएका छन् जेपनि सही कुराहरु छन् त्यसलाई प्रभावकारी ढंगले अगाडि बढाउने र जो विगतका कमि–कजोरीहरु छन्, त्यसबाट पाठ सिकेर टीकापुरका जनताहरुलाई शान्ति सुरक्षा, लागू औषध, प्राकृतिक स्रोतको दोहनबाट बचाउन आफू र आफ्नो टीम दिनरात जनताको सेवामा कटीबद्ध भएर लाग्ने उहाँले आश्वासन दिनुभएको छ ।

उक्त अवसरमा पत्रकारहरुले प्रहरीबाट टीकापुरमा विगतमा भएका राम्रा र नराम्रका कुराहरुको अवगत गराएका थिए र अबको नेतृत्वले यसलाई राम्रोसंग चिन्तन गरेर शान्ति सुरक्षा र लागू औषधलाई नियन्त्रण गर्न सुझाव–सल्लाह दिएका थिए साथै प्रहरीलाई जुनसुकै राम्रो कामको लागि टीकापुरका पत्रकारहरुको एक्यबद्धा रहने आश्वसन समेत दिएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।