राष्ट्रिय समाचार

आज बालकृष्ण खाणको तर्फबाट बारका अध्यक्षले बहस गर्ने

बिज्ञापन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ ।

बिज्ञापन

आज (मंगलबार) बालकृष्ण खाणको पक्षमा कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् । पुर्व गृहमन्त्री समेत रहेका खाणको तर्फबाट बहसका लागि कानुन व्यवसायीहरुले वकालतनामा दिइसकेका छन् । खाणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौं पैसा उठाएर ठगी गरेको आरोपमा परेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ । सोमबारको अदालती समय सकिँदा ६ जना प्रतिवादीका कानुन व्यवसायीको बहस बाँकी थियो।

सोमबार गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेसहित ४ जना प्रतिवादीको पक्षमा बहस भएको थियो । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता खाणसहित ६ जनाको बहस बाँकी रहेको थियो।

खाणसहित पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जन तथा शरणार्थी नेता टेकनाथ रिजालसहितको प्रतिरक्षा बहस बाँकी छ ।

सो थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सो पछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने छ ।

बिज्ञापन