राष्ट्रिय समाचार

काठमाडौँ महानगरले सिल गर्‍यो घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प

बिज्ञापन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प सिल गरेको छ ।

बिज्ञापन

मापदण्डविपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प महानगरले आज सिल गरेको हो ।

मापदण्डविपरीत घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेका कारण महानगरले पेट्रोल पम्पमा सिल गरेको  नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए । 

‘उक्त पेट्रोल पम्प घरको सडकपेटीमा सञ्चालन भइरहेको थियो । जसको कारण पेट्रोल  भर्नेहरुको लाइनले सडक जाम हुने गरेको  थियो,’ उनले भने ।

अदालतको स्टे अर्डर हुँदा–हुँदै पनि महानगरले पेट्रोल पम्पमा सिल गरेको पम्पका सञ्चालकको भनाइ छ ।

बिज्ञापन