Uncategorized

महावीर पुनद्वारा ओन्दालन घोषणा

बिज्ञापन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा म्यागसेसे अवार्ड विजेता महावीर पुनले आन्दोलन घोषणा गरेका छन् । पुनले स्वदेशमै अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर ढंगले प्रस्तुत नभएको भन्दै भोलिदेखि आन्दोलन सुरू गर्ने घोषणा गरेका हुन् ।

बिज्ञापन

उनले नेपाल सरकारलाई यथाशीघ्र समाधानको कदम चाल्न माग पत्र समेत बुझाएर आग्रह गरेका थिए । अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याएर नवप्रवर्तन र आविष्कार कोषमा राखिनु पर्ने, सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीलाई उपलब्ध गराउन सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउन पर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाउन पर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका वस्तुलाई उत्पादन गरी नव–उद्यमी बन्न चाहने नेपालीलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराई स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम निर्माण गरिनुपर्ने लगायतका मागहरु उनले अघि सारेका छन् ।

स्व– इच्छाले आन्दोलनमा सहभागी हुन चाहनेहरूलाई माग अनुरूपका प्लेकार्ड तथा व्यानर आफैँ बनाएर ल्याउन समेत उनले आव्हान गरेका छन् । माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट उक्त आन्दोलन सुरू गरिने पुनले जनाएका छन् । पुनको आन्दोलनलाई धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ लगायतले पनि साथ दिएका छन् ।

बिज्ञापन