राष्ट्रिय समाचार

रेशम चौधरी पार्टीको अध्यक्ष बन्न अयोग्य! किन उठ्यो वैधानिकतामै प्रश्न?

बिज्ञापन

धनगढीः नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशनबाटै अध्यक्ष बनेका रेशम चौधरीको बैधानिकतामा प्रश्न उठेको छ। उनको सर्वसम्मत चयनको वैधानिकतामाथि नै कानुनी प्रश्न उठेको हो।

बिज्ञापन

कानुनविद्का अनुसार राष्ट्रपतिबाट पाएको कैद माफी रेशमविरुद्ध अदालतले गरेको फैसलाको खारेजी नभएकाले कानुनतः उनी दलको अध्यक्ष बन्न सक्दैनन्। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (ख) मा भएको व्यवस्थाअनुसार रेशमको पार्टी अध्यक्ष बन्ने योग्यता पुग्दैन।

‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको व्यक्ति मात्रै दलको सदस्य हुन पाउने व्यवस्था उक्त दफामा छ। संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिद्वारा प्रदान गरिने माफीले कसुरदारको दोष मेटाउँदैन, केवल कैदबाट छोड्ने सुविधासम्म दिने हो।

बिज्ञापन