Sudur Pradesh News

कैलाली कारागारमा कुटाकुट

बिज्ञापन

धनगढी । कैलालीमा कैदीबन्दी र कर्मचारीबीच कुटाकुट भएको छ । जिल्ला कारागारमा जेठ २२ गतेका दिन कैदीबन्दीहरूसहित कारागारका कर्मचारीबीच कुटाकुट भएको हो ।

बिज्ञापन

कारागार स्रोतका अनुसार लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका ’किलर ग्याङ’सहितका कैदीहरू र चौकीदारहरूबीच कुटाकुट भएको हो । 

कुटाकुटमा परि कारागारका आउटडोर चौकीदार सन्तोषकुमार शाही र खगेन्द्र बम लगायतका केही कैदीहरू पनि घाइते भएका थिए ।

उक्त घटनापछि हिजोमात्रै १६ जना कैदी र केही कर्मचारीलाई जेलबाट हटाइएको छ । उनीहरूलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्लाका कारागारमा सारिएको हो । तर भुपेन्द्र हत्याकाण्डका अभियुक्तहरू भने कैलाली कारागारमै छन् । 

बिज्ञापन