मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

३२ जेठ,मकवानपुर । मकवानपुरमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बकैया गाउँपालिका–८ निवासी ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पूर्णबहादुर लोको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधबार मकै बारीमा लत्रिएको बिजुलीको नांगोतारलाई पोल गाडेर उठाउनका लागि फलामको खन्तीले खाडल खन्ने क्रममा तारलाई छुन गई उनीहरुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको केहीबेरमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेबबहादुर कार्कीले जानकारी दिए ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
