राष्ट्रिय समाचार

पक्राउ परेका कलाकार र युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वानएक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरहरूलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

बिज्ञापन

पक्राउ पर्नेमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय पवन खतिवडा ‘म्याकुरी’, पोखरा घर भई नयाँबजार बस्ने राजुमास्टर उर्फ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने कलाकार तथा युट्युबर अलिश राई रहेका छन् ।

त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर ‘जलन’, मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली रहेका छन् ।

पक्राउ परेका कलाकारहरुले युट्युबमार्फत् अनलाइन वेटिङको विज्ञापन गरेको प्रहरीको आरोप छ । उनीहरुले युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेका थिए । कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थियो ।

अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधबारमात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै रु ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।