घटना समाचार

मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु

बिज्ञापन

३२ जेठ,मकवानपुर । मकवानपुरमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बकैया गाउँपालिका–८ निवासी ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पूर्णबहादुर लोको करेन्ट लागेर मृत्यु भएको हो ।

बिज्ञापन

बुधबार मकै बारीमा लत्रिएको बिजुलीको नांगोतारलाई पोल गाडेर उठाउनका लागि फलामको खन्तीले खाडल खन्ने क्रममा तारलाई छुन गई उनीहरुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको केहीबेरमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेबबहादुर कार्कीले जानकारी दिए ।

बिज्ञापन