घटना समाचार

भद्रकालीमा सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बिज्ञापन

काठमाडौं । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा भद्रकालीमा स्कुटर चालकको मृत्यु भएको छ ।

बिज्ञापन

भद्रकाली नजिक सभागृह मोडमा सेनाको प्र ३–०१–००१ ग ३६०५ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा काठमाडौं चाहाचल बस्ने ३२ वर्षीयाा चालक आकृति शर्माको मृत्यु भएको हो ।

बा प्र–०२–०१८ प ९२७७ नम्बरको स्कुटर ट्रकसँग ठोक्किँदा घाइते भएकी शर्मालाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा ८ बजे उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाहपथले जनाएको छ ।

बिज्ञापन