राजनीति

भ्रष्टाचारीलाई एकैपटक जेल हाल्नुपर्छ : सभापति लामिछाने

बिज्ञापन

काठमाडौं, असार २ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा हाल्नुपर्ने आफ्नो पार्टीको विचार भएको बताउनुभएको छ। 

बिज्ञापन

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। सभापति लामिछानेले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब बनाउनेहरुलाई चुनीचुनी कानुनी दायरामा ल्याउनु रहेको बताउनुभयो। 

उहाँले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पार्नुभयो। उहाँले अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको बताउनुभयो। उहाँले साना कुरामा पार्टीका अन्य नेता बोल्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘हामी यो यात्रालाई अविरल अघि बढाउन चाहन्छौँ। यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ। यो देशलाई श्रोत र साधनको सम्पन्न संसारकै धनी बन्ने देशलाई गरिब बनाउनेलाई चुनीचुनी कानुनी दायरामा ल्याउने विचार छ।’’ 

बिज्ञापन